ग्लोबल आइएमई बैंकको १७ औं वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंक मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण शिविर आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा बैंकको सुनसरीस्थित इटहरी शाखा, मधेस प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्युरोड शाखा, लुम्बिनी प्रदेशमा रूपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरूले ४३९ लिटर रगत दान गरेका छन् । यसैगरी निःशुल्क ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरेर उनीहरूलाई परामर्श दिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर