मन्त्री किरातीको आक्रोश- सबै अस्तित्व समान छन् भन्दा राजीनामा माग्ने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सबै अस्तित्व सम्मान छन् भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गरे ।

उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरूले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए । उनले नेपाली समाजले मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए ।

मन्त्री किरातीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैं तयार रहेको बताए । उनले आफ्ना लागि धर्म नेपाली, मन्दिर देश र भगवान् जनता भएको बताए ।

मन्त्री किरातीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए ।

उनले भावनामा आएर मात्रै देश नचल्ने बताए । उनले मेयरको कार्यालयमा राजाको फोटो झुन्ड्याउँदा समाज कता जान्छ भन्दै प्रश्न गरे ।

मन्त्री किरातीले आफूलाई पशुपतिविरोधी नै बनाउनेहरूले पशुुपतिकै नाम जपेर आफ्नो राजीनमा मागेप नि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान् नै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर