तीन संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रलय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । दिउँसो साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर