नेपाल-भारत संयुक्त आयोग

१३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन भोलि गरिँदै

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको क्रममा १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने तय भएकाे छ । परराष्ट्रमन्त्री एनपी साउद र  जयश‌ंकरले संयुक्त रूपमा भोलि उद्घाटन गर्नेछन् ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन हुन लागेको हो ।

नेपाल भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा सम्झौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौं आई पुगेकाे छ । दुवै देशका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि आउनेछन्।

भारतीय वायुसेनाको विशेष विमानमार्फत उनीहरू पुस १९ गते बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा आउन लागेका उनका भारतीय समकक्षी जयशंकरले नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागीसँगै मन्त्री साउदसँगसहित उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट पनि हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर