नेपाल-भारत संयुक्त आयोग बैठक : तीन हवाई रूट र पोखरा तथा भैरहवा विमानस्थल नेपालको प्रमुख एजेण्डा

नेपाल सरकारले बिहीवार काठमाडौंमा हुने नेपाल भारत संयुक्त आयोग बैठकमा नागरिक उड्यन मन्त्रालयका तर्फबाट भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्स्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) सञ्चालनको लागि टेकनीकल कोर्डिनेशन टीमको बैठकको मिति निर्धारण गर्ने प्रस्ताव गर्ने भएको छ ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतको विदेश मामिलामन्त्री डा एस जयशंकरको अध्यक्षतमा हुने बैठकमा तेस्रो देशका एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगंज र महेन्द्रनगर भएर नेपाल प्रवेश गर्न नयाँ एयररूट उपलब्ध गराउन नेपालले भारतलाई प्रस्ताव गर्ने भएको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न शहरहरूमा सीधा उडानको लागि अनुमति दिने, बुद्ध एयरलाई भारतका शहरहरू पटना, लखनउ, गया, देहरादूनसंग पनि सीधा हवाई उडान अनुमतिको लागि अनुरोध र हिमालयन एयरलाईन्सलाई भारतमा उडान अनुमति दिनको लागि आग्रह गरिने जस्ता प्रस्ताव नेपालले बैठकमा राख्ने भएको हो ।

नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्ली सहित अन्य शहरहरूमा उडानको अनुमति लिने प्रस्ताव समेत बैठकको एजेण्डामा समावेश छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर