प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले गरे भेटवार्ता

भारतका विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

जयशंकरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।

यसअघि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

सिंदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकर होटल याक एण्ड यतीतर्फ लागेका छन्, जहाँ केही बेरपछि नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू हुँदै छ।

बैठकको नेतृत्व भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले र नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले गर्ने छन्।

जयशंकरले आजै दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

जयशंकर शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने कार्यक्रम पनि छ।

दुइ दिने भ्रमण सकेर उनी शुक्रबार मध्याह्न १२ बजे भारत फर्किने कार्यतालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *