नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता

नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ प्रक्षेपणका लागि भारतसँग सम्झाैता भएकाे छ ।

काठमाडौंस्थित होटल याक एण्ड यतीमा बिहीबार बसेको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा उक्त स्याटेलाइट अन्तरिक्षमा पठाउनका लागि भारतसँग सम्झौता भएको हो ।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्युस्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

नेपालमा बनाएर भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको आकार नेपाली स्याट-१ जस्तै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *