भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाहलाई ३ वर्ष कैद सजाय

भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो।

यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (सई– लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर