शिवपुरी जंगलमा भेटियो मानव कंकाल

काठमाडौंको तारकेश्वर नगरपालिका-५, गोलढुंगास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा मानव कंकाल फेला परेको छ।

प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरका अनुसार शुक्रबार दिउँसो अनुमानित १०-१२ वर्ष पुरानो टाउकोको कंकाल भेटिएको हो।

खप्परको अगाडिपट्टिको कंकाल मात्र फेला परेको र कंकाल कसको हो, महिला वा पुरूषको हो भन्ने पहिचान हुन बाँकी रहेको उनले बताए।

‘१०-१२ वर्षभन्दा पनि अझै पुरानो अगाडिपट्टिको खप्परको कंकाल भेटिएको छ। अहिले विस्तृत केही खुलेको छैन, अन्य अनुसन्धान भइरहेको छ,’ उनले पर्दाफाससँग भने।

त्यहाँ मानव कंकाल रहेको सूचनापछि प्रहरी वृत्त बालाजुबाट डीएसपी कुँवरको कमाण्डमा ७ जना प्रहरीको टोली दिउँसो २:४५ बजे घटनास्थल पुगेको थियो।

मुचुल्का प्रक्रिया पूरा गरी कंकाललाईं फरेन्सिक विभागमा पठाइएको र त्यहाँबाट रिपोर्ट आएपछि यसबारे थप खुल्ने डीएसपी कुँवरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *