विश्व व्यापार संगठनकाे व्यापार तथा विकास समिति सभापतिमा राजदूत सुवेदी निर्वाचित

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित भएका छन् । राजदूत सुवेदी संगठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

संगठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।

बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त संगठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।

यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक पहल गरेका थिए । उनको पहल कदमीले सार्थकता पाउँदै विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदको नेतृत्व गर्न नेपाल सफल भएको हो ।

404399481_1359687728007649_6980893168382776051_n

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *