नागरिक उन्मुक्तिमा रन्जिताकाे भूमिका के ?

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध भएका छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनबाट शनिबार रेशम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

 टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पार्टी गठन गरेका थिए । १९ पुस २०७८ मा निर्वाचन आयोगमा दर्ता गर्दा रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुन् ।

गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा पाएपछि १५ जेठमा छुटेका रेशमले ७ महिनामै नेतृत्व लिएका छन् । महाधिवेशनको अघिल्लो महिना मंसिरमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएका थिए ।

पार्टीको विधानमा ३९ जना पदाधिकारीसहित २४६ जना केन्द्रीय सदस्य निर्वाचित र २५५ जना मनोनित गर्ने व्यवस्था छ ।
पार्टीको महासचिवमा प्रतिनिधिसभा सदस्य गंगराम चौधरी सर्वसम्मच चयन भएका छन् । गंगाराम कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन् ।

शुक्रबार साँझसम्म सार्वजनिक भएको २५ जना पदाधिकारीमा संस्थागत अध्यक्ष रञ्जितालाई कुनै भूमिकामा राखिएको छैन ।
नेताहरूका अनुसार उम्मेदवारी दर्ताको दिन शुक्रबार अधिवेशन स्थलमा रञ्जिता उपस्थित नै भइनन् । एकाएक रेमशले उम्मेदवारी दिएपछि अरुले उम्मेदवारी नै नदिएको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *