प्रधानमन्त्री कप क्रिकेट 

कर्णालीलाई गण्डकीले दियो १२३ को लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२३ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

गण्डकीका लागि अमृत गुरूङ र कमल परियारले समान २१ रनको सर्वाधिक रन बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं ब्याटर अश्वानी रानाले १६, कप्तान विपिन खत्रीले १० रन बनाए ।

चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान दुई-दुई विकेट लिए । प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक-एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *