सशस्त्र प्रहरीमा सईको विशेष बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले सहायक निरीक्षक (असई) केशरबहादुर विरकट्टालाई नायब निरीक्षक (सई) पदमा विशेष बढुवाका लागि सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बलको बढुवा समितिको आइतबारको निर्णयअनुसार संगठनमा कार्यरत रहँदाका बखत घाइते/अंगभंग भएका सशस्त्र प्रहरीहरूलाई एक पटकका लागि दिइने एक तह बढुवामा विरकट्टा सिफारिस भएका हुन् ।

सईको विशेष पद (१) मा बढुवाद्वारा पदपूर्तिका लागि बलले वीरकट्टालाई सिफारिस गरेकाे हाे ।

उनको बढुवा सिफारिसविरूद्ध चित्त नबुझे बढुवा सिफारिसको ७ दिनभित्र उजुरी दिन सकिने पनि बलले जनाएको छ ।

हेर्नुस् बढुवा सिफारिस सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *