काठमाडौंका ५३ वटा भवन संरचना र ४ वटा सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरू भएको बताएका छन्।

मंगलबार भूकम्प दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका महत्त्वपूर्ण हुने भन्दै उनीहरूलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरू गरेको बताए। उनले सरकारले उनीहरूलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने काम सुरू गरिसकेको पनि बताए।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडकहरू भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पनि बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका ५३ वटा भवन संरचना र ४ वटा सडकहरू भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र तिनलाई प्राथमिकतामा राखि पुनर्निर्माण गर्नुपर्ने देखिएको बताए।

उनले पुनर्निर्माण गर्नका लागि ३२ वटा विद्यालय भवनका लागि १ अर्ब ६३ करोड, १३ वटा स्वास्थ्यचौकीका लागि ३८ करोढ ७४ लाख र ८ वटा सरकारी भवनका लागि ५१ करोड ८० लाख रूपैयाँ तथा ४ वटा सडकका लागि १ अर्ब ७ करोड रूपैयाँ आवश्यक पर्ने देखिएको बताए।

मन्त्री श्रेष्ठले विपद्पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *