विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौं : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएका छन्।

मंगलवार महानगरपालिकाले भूकम्प दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले धेरै मानिसहरूको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनर्निर्माणको काम थाल्नुपर्ने जरूरी भइसकेको बताइन्।

उनले विद्यालयको पुनर्निर्माणका लागि स्थानीय सरकारको स्रोतसाधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन्।

उनले भूकम्पलगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताइन्। आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्नेमा उनको जोड छ।

उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनै पनि बेला भूकम्प आउन सक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताइन्। पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर