रास्वपाले सार्वजनिक गर्‍यो ‘दबाबयात्रा’, यस्तो छ प्रारम्भिक सूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । बुधबार राति सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेर आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् ।

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन् ।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो ।

यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो ।

रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरुको प्रारम्भिक सूची यस्तो छ –

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *