अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन को-को गएका छन् नेपालबाट ?

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा हिन्दुहरूका आराध्य देव रामको निर्माणाधीन मन्दिरको सोमबार विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमार्फत मन्दिरको प्राणप्रतिष्ठा हुन लागेको हो । समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहनेछ ।

समारोहका लागि सुरक्षा व्यवस्थामा कडाइसहित मन्दिर क्षेत्र झकिझकाउ पारिएको छ । उक्त क्षेत्रमा भक्तहरूको घुइँचो लागेको छ ।

मन्दिरको प्राणप्रतिष्ठा समारोहमा सहभागिताका लागि माता सीताको माइती धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत अयोध्या पुगिसकेका छन् ।

को-को गएका छन् नेपालबाट ?
-जानकी मन्दिरका महन्थ रामतपेश्वर दास
-जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास
-विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य
-झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज
-देवघाटका तीन मुख्य महन्थ
-बराहक्षेत्रस्थित चतराधामबाट सिद्धबाबा भनिने कृष्ण गिरी
-पशुपति क्षेत्र विकास कोषका मूल भट्ट
-पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव
-पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली
-पूर्वआईजीपी अच्युतकृष्ण खरेल
-विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद
-केही सञ्चारकर्मीहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर