राष्ट्रियसभा निर्वाचन : आजबाट ‘मौन अवधि’ सुरू

राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्।

यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।

राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदै छ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर