५३ तोला चाँदीसहित बारामा दुई जना पक्राउ

बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।

सुनसरीकाे धरानका गुजराज विक र इटहरीका बद्री विक पक्राउ परेका हुन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेशको ०२-०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

चाँदीका लकेट २२ थान, औंठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरूलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर