‘मौन अवधि’ मै भंग एमालेको ‘मौनता’

राष्ट्रियसभा निर्वाचनको मौन अवधिमै दलहरू आचारसहिंता उल्लंघनमा उद्यत देखिएका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न पाइँदैन । तर, दलहरूले यसविपरीतका गतिविधि गरिरहेको पाइएको हो ।

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मौन अवधिको समयमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको गठबन्धनले आफ्ना उम्मेदवार, मतदाता र केन्द्रीय नेता सम्मिलित भेला गरेकाे छ ।

एमाले-राप्रपा गठबन्धनले एमालेका महासचिव शंकर पोखरेलको उपस्थितिमा मोती दुगडको होटल ह्यारिसनमा भेला राखेकाे हाे ।

बिहीवार राष्ट्रियसभाका लागि कोशी प्रदेशमा दुई सिटमा निर्वाचन हुँदैछ । अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।

महिलातर्फ नेकपा (माओवादी केन्द्र) की चम्पादेवी कार्की र एमालेकी रूक्मिणी कोइराला चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर