चीनले नेपाल र भारतको पानी नियन्त्रण गर्ने गरी तिब्बतमा बनायो बाँध

चीनले नेपाल र भारतसँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माप्चा साङ्पो नदीमा बाँध निर्माण गरेको छ ।

तिब्बतको नगारी प्रान्तस्थित कैलाश पर्वतको छेउमा रहेको बुराङ सहरको उत्तरमा अवस्थित यो बाँध यस महिना पृथ्वीको कक्षबाट खिचिएका तस्बिरहरूमा देखिन्छ ।

यो संरचना नेपालको सीमावर्ती सहर हिल्साबाट करिब १८ माइल उत्तरमा र भारतीय सिमानाबाट करिब ३७ माइल पूर्वमा रहेको छ ।

हिमालयमा चीनको बाँध निर्माण आफ्ना छिमेकीहरू नेपाल र भारतमा ताजा पानीको प्रवाहलाई दूरगामी प्रभाव पार्न सक्ने विज्ञहरूको चेतावनी छ ।

तिब्बतको काउन्टीबाट उत्पत्ति भएको माप्चा साङ्पो नदी नेपालबाट घाघरा हुँदै भारतको गंगा नदीमा मिसिन्छ ।

न्युजवीकले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरलाई विश्लेषण गर्दा चीनले नेपाल र भारतको जलसुरक्षा जोखिममा पर्ने गरी यो बाँध बनाएको हो ।

भारतमा घाघरा र नेपालमा कर्णाली भनेर चिनिने माप्चा साङ्पो नदी पश्चिम नेपाल र भारतको उत्तरी समतल क्षेत्रका जनताका लागि ताजा पानीको महत्त्वपूर्ण र बाह्रमासे स्रोत हो । चीनको यस कार्यले यस क्षेत्रको पानीमा उसको नियन्त्रण हुन सक्नेबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

भारतीय सुरक्षा विज्ञहरूले पानीलाई लाभको रूपमा प्रयोग गरेर त्रिदेशीय सिमाना नजिकै चीनले सैन्य क्षेत्र स्थापना गर्न सक्ने खतरा औंल्याएका छन् । भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार अरूणाचल प्रदेश नजिकैको माप्चा साङ्पो नदीमा यसअघि चीनले यस्तै गतिविधि गरेको थियो ।

चीनले यो बाँधलाई डाइभर्ट गर्न मात्र नभई माप्चा साङ्पो नदीमा आश्रित क्षेत्रमा पानीको अभाव हुन सक्ने र नेपालको घाघरा र कर्णालीजस्ता नदीमा पानीको सतह घटाउन पनि प्रयोग गर्न सक्ने दाबी विज्ञहरूले गरेका छन् ।

माप्चा साङ्पो नदी तिब्बतको हिमालबाट निस्केर भारतको अरूणाचल प्रदेश हुँदै असम र त्यसपछि बंगलादेश हुँदै बंगालको खाडीसम्म पुग्छ ।

२०२१ म चीनले माप्चा साङ्पोको तल्लो भागमा ७० गिगावाट विद्युत् उत्पादन गर्न ठूलो बाँध बनाउने घोषणा गरेको थियो । जुन चीनको ‘थ्री गर्जेस’ बाँधभन्दा तीन गुणा ठूलो हो भने क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

चीनले सिन्धु, ब्रह्मपुत्र र मेकोङका नदीहरूको बहावलाई नियन्त्रण गर्न ठूलो संख्यामा बाँध र तटबन्धहरू बनाएको छ । तिब्बत कब्जा गरेपछि चीनले १८ देशबाट बग्ने नदीका उद्गमस्थलहरू आफ्नो नियन्त्रणमा लिएको छ ।

चीनले यस्ता हजारौं बाँधहरू बनाएको छ, जसले पानी एक्कासी छाडेमा बाढी आउन सक्छ वा पानी रोकिएमा खडेरी साथै नदीको पारिस्थितिक प्रणालीलाई ध्वस्त पार्न, सामान्य जीवनमा बाधा पुर्‍याउन सक्छ ।

चीनले यसअघि नै मेकोङ नदीमा ११ वटा ठूला बाँधहरू निर्माण गरिसकेको छ, जुन दक्षिणपूर्वी एसियाली देशहरूका लागि चिन्ताको विषय हो ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर