राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ३०५ मतदातामध्ये ३०३ ले गरे मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कुल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए ।

मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मतमध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा मतदानको समय ३ बजे सम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए ।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अबको केही बेरमा मत गणना थालिने उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर