राष्ट्रियसभा निर्वाचन

१९ सिटका लागि भएको निर्वाचनमा कुन दलले कति जिते? कुन प्रदेशबाट काे-को निर्वाचित?

राष्ट्रियसभामा रिक्त १९ पदका लागि बिहीवार निर्वाचन सम्पन्न भएको छ। सातै प्रदेशमा भएको निर्वाचनको मतपरिणाम पनि आइसकेको छ।

जसअनुसार सत्ता गठबन्धन {नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी} का तर्फबाट १८ र नेकपा (एमाले) र राप्रपा गठबन्धनका तर्फबाट एक जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

राप्रपाले कोशीमा एमालेसँग तालमेल गरेको थियो । तर, उसका उम्मेदवार भने विजयी हुन सकेनन्। यहाँ एमालेका एक जना उम्मेदवार विजयी भएका हुन्।

सत्ता गठबन्धनले सातै प्रदेशमा तालमेल गरेका थिए।

दलगत रूपमा कांग्रेसले १० सिट, माओवादी केन्द्रले ५ सिट, एकीकृत समाजवादीले २ सिट तथा एमाले र जसपाले १/१ सिट जितेका छन्।

कुन प्रदेशबाट कुन क्लष्टरमा कुन दलका को निर्वाचित ? 

कोशी प्रदेश 
कृष्णप्रसाद सिटौला – अन्य – नेपाली कांग्रेस
रूक्मिणी कोइराला – महिला – नेकपा (एमाले)

मधेस प्रदेश
आनन्दप्रसाद ढुंगाना – अन्य – नेपाली कांग्रेस
पूजा चौधरी – महिला – जनता समाजवादी पार्टी

बागमती प्रदेश 
जितजंग बस्नेत – अन्य – नेपाली कांग्रेस
विष्णुदेवी पुडासैनी – महिला – नेपाली कांग्रेस
घनश्याम रिजाल – दलित – नेकपा (एकीकृत समाजवादी)
श्रीकृष्णप्रसाद अधिकारी – अपांग – नेकपा (माओवादी केन्द्र)

गण्डकी प्रदेश  
किरणबाबु श्रेष्ठ – अन्य – नेपाली कांग्रेस
मनरूपा शर्मा – महिला – नेकपा (माओवादी केन्द्र)
पदमबहादुर परियार – अंपाग/अल्पसंख्यक – नेपाली कांग्रेस

लुम्बिनी प्रदेश  
झक्कुप्रसाद सुवेदी – अन्य – नेकपा (माओवादी केन्द्र)
विष्णुकमारी सापकोटा – महिला – नेपाली कांग्रेस

कर्णाली प्रदेश 
कृष्णबहादुर रोकाया – अन्य – नेपाली कांग्रेस
सावित्री मल्ल – महिला – नेकपा (एकीकृत समाजवादी)
विष्णुबहादुर विक – दलित – नेकपा (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश
बलदेव बोहरा – अन्य – नेपाली कांग्रेस
रेनु चन्द – महिला – नेकपा (माओवादी केन्द्र)
नारायणदत्त भट्ट – अपांग – नेपाली कांग्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर