भ्रष्टाचार मुद्दामा पक्राउ सुनील पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे भ्रष्टाचार प्रकरण पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूलाई बुधवार पक्राउ गरेर बिहीवार विशेष अदालतमा पेस गरेकामा अदालतले अख्तियारलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोपीहरूलाई थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अदालतलको यो अनुमतिसँगै अब अख्तियारले सात दिन आफ्नो हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाउनेछ ।

२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरूद्ध २३ करोड २७ लाख ५८ हजार रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरूद्ध करिब ७० करोड रूपैयाँ मागदाबीसहित अख्तियारले दर्ता गरेको थियो । मुद्दा दर्तापछि दुवै निलम्बनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *