कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छ : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।

शुक्रवारबाट शुरू भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए ।

उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए । उनले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए ।

उनले कृषिमा अबका दिन यान्त्रीकिीरणको महत्त्व बढ्दै गइरहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानहरू ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए । उनले व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरू ठगिने गरेको बताए ।

उनले कृषि यान्त्रिकीकरणलाई इमान्दार रूपमा कृषकसमक्ष पुर्‍याउन जरूरी रहेको बताए ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आइतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका सयभन्दा बढी स्टलहरू रहेका छन् ।

विशेषगरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *