कोशीकाे धोकाधडीले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आए पनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो ।

कोशीबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग हार्न पुगेकी थिइन् । यस्तो परिणाम आउनुमा माओवादी नेताहरू कांग्रेसभित्रको अन्तरकलह मुख्य कारण रहेको ठान्छन् ।

कांग्रेस नेता शेखर कोइराला भने यसलाई मान्न तयार छैनन् । माओवादीलाई कांग्रेसबाट नभएर अन्यत्रबाटै धोकाधडी भएको हुन सक्ने उनको बुझाइ छ ।

‘गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन । कोशीकै कारणले यो गठबन्धन टुट्छ भन्ने एक प्रतिशत पनि लाग्दैन । तर, माओवादीभित्र एकथरी नेताहरू हिजोदेखि नै एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।

मिलाउन खोज्ने विभिन्न फ्याक्टरहरू सक्रिय थिए/छन्,’ कोइरालाले भने, ‘अहिले पनि कोशीलाई देखाएर त्यस्तै प्रयास भएको पनि हुन सक्छ । तर मैले बुझेसम्म गठबन्धन दायाँबायाँ होला भन्ने लाग्दैन ।’ यो समाचार आजको कान्तिपूर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर