नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसक्यो : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताएका छन्।

सोमबार भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।

मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने दाबी गरेर। उनले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको बताउनु भयो।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू भारत भ्रमणको बेलामा स्पष्टरूपमा भारतीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, हामी नेपाल–भारतको बीचमा सीमानाका केही समस्या छन् भनेपनि हामी यसलाई बसेर समाधान गर्दछौँ, भन्नुभएको छ। सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिज्म छ। त्यो मेकानिज्म क्रियाशील हुनुपर्छ। त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुईवटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ। यो कुरा दुवै देशको बीचमा शुरु भइसकेको छ। भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बीचमा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *