‘सुदूरपश्चिमका मन्त्री साउदविरूद्धको उजुरी आवेगमा’

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरूद्ध उजुरी आवेगमा हालेका पाइएको छ।

सोमबार बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेको तर अहिले उनै बोहराले आफूले मन्त्रीविरूद्ध आवेगमा आएर उजुरी हालेको बताएका छन्।

प्रहरीका अनुसार सोमबार मन्त्री साउदले धम्की दिएको भन्दै बोहराले शान्ति सुरक्षाका लागि प्रहरीमा निवेदन दिएको तर मंगलबार बोहराले प्रहरी कार्यालयमा आएर उक्त निवेदनमाथि कुनै कारवाही अगाडि नबढाउन अनुरोधसमेत गरेका हुन्।

बोहराले मन्त्री साउदसँगको छलफलपछि अहिले जिल्ला प्रहरी कार्यायलयमा आएर कारवाही अगाडि नबढाउनका लागि अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले पर्दाफासलाई बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर