परराष्ट्रमन्त्री साउद र बेलायतका सेना प्रमुखबीच भेट, भूतपूर्व गोर्खा सैनिकका मागबारे छलफल

नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख जनरल सरपेट्रिक सन्डर्सले मंगलबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्। भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको छ।

गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग उनले अनुरोध गरे।

सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए। साथै गोर्खाको मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *