पूर्वराष्ट्रपति भण्डारीले गरिन् ‘संसदमा केपी शर्मा ओली’ लोकार्पण

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन्।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिए।

२०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *