२५ वर्षमा चार करोड बढी भ्रष्टाचारको गरेको भन्दै शाखा अधिकृतविरूद्ध मुद्दा

सरकारी सेवामा प्रवेश गरेको २५ वर्षमा चार करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरूद्ध मुद्दा चलाएको छ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय मधेस प्रदेशका शाखा अधिकृत(आठौं) मिन बहादुर भट्टराईविरूद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ सालदेखि २०७९ सालसम्म कमाएको चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसाको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले मंगलबार मुद्दा दर्ता गरेको जनाएको छ।

यस्तै, उनकी कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, तथा बैंक खातामा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्नेगरी अख्तियारले उनीलाईसमेत प्रतिवादी बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर