गृहमन्त्री जिबिलाई समात्न लाग्नुभएन, मलाई दोषि देखाउन लाग्नुभयो : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबि राईलाई पक्रिन नचाहेको बताएका छन्।

मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जिबि राईलाई पक्रिन नचाहेको बताएका हुन्।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको जिकिरसमेत गरे। पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको उनले दाबी गरे।

उनले भने, ‘एउटा कुरा म यहाँहरुलाई भन्न चाहन्छु, यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुपर्यो। सहकारी पीडितहरूको लागि काम गर्नुपर्यो। सहकारीबाट भागेकाहरुलाई समातेर भएपनि, यिनको सम्पती अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुपर्यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थेँ। केही न केही शुरुवात हुन्थ्यो। तर उहाँको ध्यान त यसलाई चाहीँ छोड्नुभएन। यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त। यता खोज्नुस्। त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो। केही भए पो पाउनु? भए त किन छोड्थे र? यति समय उहाँले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता लिने, त्यसको लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य, क्षमतावान मान्छेहरु राख्ने र तुरुन्त राज्यले काम गर्ने र पहिला तिनलाई समाउँदै गर्ने, थुन्दै गर्ने तर तिनको सम्पती कहाँ छ, तिनको कहाँ–कहाँ लगानी छ? तिनलाई सुनिश्चितता गरेर एउटा योजना बनाएर पीडितहरुलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरुलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो। अझैपनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर