सुन तस्कर प्रकरण : सीआइबीका प्रमुखसँगै अनुसन्धान अधिकृतसँग पनि सोधपुछ

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)की प्रमुख किरण बज्राचार्य र अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग सोधपुछ गरेको छ।

उनीहरूलाई आज(बुधबार) सिंहदरबारस्थित् कार्यालयमै बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन्।

सरकारले सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो। सो समितिले यस अगाडि पनि सहसचिव झलकराम अधिकारीसँग बयान लिएको थियो।

६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे सीआइबी प्रमुख बज्राचार्य र अधिकृत दाहालसँग सोधपुछ गरिएको स्रोतले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर