पाकिस्तानमा गोली लागेर छ आतङ्ककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतङ्ककारी मारिएको एक अधिकारीले बताएका छन्।

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतङ्ककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ।

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए)ले हमलाको जिम्मेबारी लिएको छ। इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ।

स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकाङ्कमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन्।

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन्। यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतङ्कवादीहरूमाथि निशाना बनाएपछि इस्लामाबादले पनि छिमकी इरानमा शरण लिएका बिएलए लडाकूहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतङ्कवादलाई लिएर तनाव बढेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर