‘प्रचण्ड असफल, अब अध्यक्ष नेपाल प्रधानमन्त्री त्यसपछि सभापति देउवाको पालो’

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।

बिहीबार नवलपरासीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले अहिले प्रचण्ड नेतृत्वको सरकार असफल भएको र अब गठबन्धनको सहमति अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका छन्।

प्रचण्ड सरकार दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने तर यी दुवै कुरामा असफल भएको बताउँदै भने,‘अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ।’

उनले अहिलेको सरकार सहमितको सरकार भएको र अध्यक्ष नेपालपछि कांग्रेस सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर