बाँसबारी प्रकरण : व्यवसायी चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायणसिंह थापालाई ४ दिन हिरासतमा राख्नका लागि अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई पक्राउ परेका व्यवसायी चौधरी र थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआईबीले आजमात्रै उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनभने थापा कारखानाका तत्कालिन सञ्चालक समिति अध्यक्ष हुन्।

यस्तै, पक्राउ परेका अर्का व्यक्ति बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर