एमाले अध्यक्ष ओलीको बोली : बैंकहरू पनि मिटरब्याजी नै छन्

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरू पनि मिटरब्याजी नै भएको आरोप लगाएका छन्।

शुक्रबार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७औँ राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैंकहरू पनि मिटरब्याजी नै भएको आरोप लगाएका हुन्।

उनले भने,‘बैंकहरुले नराम्रो नमान्नु होला। बैंकहरु पनि मिटरब्याजी नै छन्। बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो। बैंकहरु पनि मिटरब्याजी भएका छन्। तीन महिनामा साँवामा गाभ्ने भएन। कर्जा लैजानेले तिर्नु पनि पर्छ होला। कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो। लगानी गरेर प्रतिफल आउनुपर्छ। प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ। अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर