अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरुलाई निर्देशन दिएको हो।

विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित् गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले नेपाली कांग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताए।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रमुख सचेतक लेखकले भने,‘संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरुले राजधानी नछोड्ने, यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नुपर्यो भनेपनि संसदीय दलको प्रमुख सचेतक या सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छाड्न निर्देशन गरेको यो बैठकले सबै माननीयहरुलाई र संसद, समितिको बैठकमा अनिवार्य उपस्थित हुने, बैठक चल्दासम्म बस्ने र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिने भनेर पनि यो बैठकले निर्देश गरेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर