ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो

ताइवानमा सम्पन्न ‘ताइवान इन्टरनेशनल साइन्स फेयर’ मा इन्जिनियरिङ तर्फको विधामा नेपाल चौथो भएको छ । माघ १४ देखि १९ गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालले समेत सहभागिता जनाएको थियो ।

प्रतियोगितामा हेटौँडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको ‘कृषि–प्रविधिमा आधारित एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक–फरक १३ वटा विधा समेटिएको उक्त मेलामा विश्वभरका २७ भन्दा बढी देशको सहभागिता थिए ।

मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजील्यान्ड, स्वीजरल्यान्ड लगायतको सहभागिता थियो । २० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने लक्ष्यसहित मेलाको आयोजना हुने गर्छ ।

ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेसन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना  गर्दै आइरहेको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि, नवप्रवर्तन सम्बन्धी अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर