खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेन : नेता कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन्।

शनिबार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए। उनले भने, ‘नेपालमा खेलकुदको विकास भइराखेको छैन भनेर त म भन्दिनँ। तर जति हुनपर्ने हो खेलकुदको विकास, जसरी सरकारले बजेट छुट्याउनुपर्ने हो खेलकुदको निम्ति ति बजेटहरु छुट्याउन सकिरहेको देखिँदैन। खेलकुदका साथीहरुलाई जुन प्राइज दिन्छु भनेर करातेका साथीहरुले पनि जित्नुभएको रहेछ। गोल्डमेडल पनि पाउनुभएको रहेछ। अरु साथीहरुले पनि पाउनुभएको रहेछ। क्रिकेटका साथीहरु थिए। प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको थिएन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ। कुनैपनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर