आर्मीलाई हराउँदै पुलिस क्लब बन्यो प्रधानमन्त्री कपको च्याम्पियन

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको च्याम्पियन बनेको छ।

शनिबार कीर्तिपुरस्थित् त्रिवि खेल मैदानमा भएको खेलमा पुलिस क्लबले आर्मीलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

टस हारेर पहिला ब्याटिङको लक्ष्य पाएको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पुलिस क्लबले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै १८३ रन जोड्यो।

यो सिजनको प्रधानमन्त्री कपमा पुलिस क्लबले कुनै टोलीसँग पनि पराजय भोगेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर