भारतले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न कानूनको आधुनिकीकरण गर्दैछ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानूनहरू हटाएको बताएका छन्।

तीन नयाँ कानूनहरूले सय वर्षभन्दा पूरानो औपनिवेशिक आपराधिक कानूनहरू प्रतिस्थापन गरेको प्रधानमन्त्रीले कमनवेल्थ कानूनी शिक्षा संगठन (सीएलइए) को कमनवेल्थ अधिवक्ता तथा कार्यकारी कानून अधिकृतहरूको सम्मेलन २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

भारतले औपनिवेशिक कालदेखि कानुनी प्रणाली विरासतका रूपमा पाएको बताउँदै प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षहरूमा कानूनमा धेरै सुधार गरेको उल्लेख गरे। उनले भारतले औपनिवेशिक कालमा लेखिएका हजारौँ अप्रचलित कानूनहरू हटाएको बताए।

नयाँ दिल्लीमा सम्मेलनमा केन्द्रीय कानुनमन्त्री अर्जुन राम मेघवाल र प्रधान न्यायाधीश डी वाई चन्द्रचूडको पनि उपस्थिति रहेको थियो।

प्रधानमन्त्री मोदीले सहकार्य गर्दा एकअर्काको प्रणालीलाई अझ राम्रोसँग बुझ्न सके बुझाइले अझ बढी समन्वय ल्याई सिनर्जीले राम्रो र छिटो न्याय वितरणलाई बढावा दिने बताए।

एक्काइसौँ शताब्दीका चुनौतिहरूलाई २०औं शताब्दीको दृष्टिकोणले लड्न नसकिने बताउँदै पुनर्विचार, पुनर्कल्पना र सुधारको आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर