पाकिस्तानी गुप्तचर संस्थाका लागि जासुसी गर्ने एक भारतीय कर्मचारी पक्राउ

पाकिस्तानी गुप्तचर संस्था आईएसआईलाई भारतीय सेनासँग सम्बन्धित गोप्य कागजात उपलब्ध गराउने एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उत्तर प्रदेशअन्तर्गत हापुडका सतेन्द्र सिवाल रहेका छन्। उनी भारतको विदेश मन्त्रालयमा एमटीएसको रूपमा कार्यरत थिए र हाल रुसमा रहेको भारतीय दूतावासमा कार्यरत थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानी पाकिस्तानी गुप्तचर संस्था आईएसआईले भारतीय विदेश मन्त्रालयका कर्मचारीहरूलाई प्रलोभन पारेर भारतीय सेनासँग सम्बन्धित गोप्य सूचनाहरू उपलब्ध गराउँदै आएका छन्।

यस्ता सूचनाको आदानप्रदानले भारतको आन्तरिक तथा बाह्य सुरक्षाका लागि ठूलो खतरा हुन सक्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर