विश्वकप क्रिकेट लिग २ : नेपालको पहिलो खेल नामिबियासँग

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल नामिबियासँग फागुन ३ गते खेल्ने भएको हो।

यस्तै, दोस्रो खेल नेदरल्यान्ड्ससँग फागुन ५ गते खेल्ने छ। तेस्रो खेल ९ गते नामिबिया र अन्तिम खेल १३ गते नेदरल्यान्ड्ससँग खेल्ने छ।

सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ। राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित आठ टोलीको सहभागिता रहने छ।

गत वर्ष सम्पन्न लिगका ३६ खेल खेलेको नेपाल ४० अंक जोड्दै तेस्रो भएको थियो। १ अंक कम जोडेको नामिबिया चौथो भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर