कार्यक्रम हल खालि भएपछि देउवाले भने, ‘कुरा कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रम हल खालि भएपछि कहिलकाहीँ कुराहरू भित्तालाई पनि सुनाउनुपर्ने बताएका छन्।

शुक्रबार पार्टीको काठमाडौंको जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले कहिलकाहीँ कुराहरू भित्तालाई पनि सुनाउनुपर्ने बताएका हुन्।

उनले भने,‘मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो। हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ। सबै कुरा प्रष्ट सुनाउन पनि पर्‍यो। कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। धेरै कुरा बोल्नु छैन। साथीहरू बोलिसक्नुभयो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *