संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काँग्रेस लाग्नुपर्ने बताएका छन्।

शुक्रबार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताए।

उनले भने, ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा हामीले डेलिभर गरेर देखाउने कुरा हो। अब अहिले संविधान त जारी भयो, संविधान जारी भएको संविधानलाई तीन तहको राज्य शक्तिको बाँडफाँट, संविधानमा भएको अधिकारहरु हुन्, कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा ढिलासुस्ती भएको हुनाले हरेक गाउँगाउँ÷वडावडामा सिंहदरबार पुर्याउँछु भनेर नारा दिएका थियौँ, त्यसलाई कार्यान्वयन गर्नको लागि अब काँग्रेस लाग्नुपर्छ। हामीले संघीयता लागू गर्न काम गर्नुपर्छ। आवश्यक संघीय कानून बनाउनका लागि यो संघीय संसदबाट काम गर्न जरुरी छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *