चिनियाँ नाकालाई निर्यात प्रवद्र्धनको रुपमा विकास गर्नुपर्छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखीभन्दा पनि निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष मल्लले यस्तो बताएका हुन्। उनले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्न आवश्यक रहेको बताए।

उनले भने,‘चिनियाँ नाका हुँदै व्यवसाय गर्ने व्यवसायीहरुले आयातको साथै नेपालमा उत्पादित वस्तुहरुको निर्यातमा लाग्न आवश्यक छ। चिनियाँ नाकाबाट आयात मात्रै नभएर निर्यात प्रवद्र्धनका लागि केरुङ र तातोपानी नाकामा अन्तर्राष्ट्रिय क्वारेन्टाइन ल्याव राख्न आवश्यक छ। त्यो हुने बित्तिकै नेपालको निर्यात प्रवद्र्धन हुन्छ। क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भनेर नेपाली सामान लिन मानेको छैन। यसमा नेपाल सरकारको ध्यान जान आवश्यक छ। दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेका छन्। नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउनु पर्छ। पर्यटकहरुले नाकामा समस्या भोग्नुपरेका गुनासाहरु आउने गरेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *