क्यानडाविरुद्ध नेपाल ४ विकेटले विजयी

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ।

शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितका लागि तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए।

जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ।

यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर