सरकारलाई संसदीय समितिले भन्यो : अध्यागमनसम्बन्धि कानून समयानुकुल बनाऊ

संसदीय समितिले अध्यागमनसम्बन्धि विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन सम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो।

समयानुकुल हुनेगरी सो सम्बनीधि विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा चेकजाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ।

भिसासम्बन्धि समस्या समाधान गर्नपनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताए। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको छ।

सभापति खतिवडाले भने, ‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने। मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने। भिसा समस्या समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने। भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्यक ऐन परिमार्जन गर्न नेपाल सरकारलाई निर्देशन दिने। सडकमा रहेका माग्नेलाई व्यवस्थित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने। खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल सरकार गृह मन्त्रालयले समन्वय गर्ने। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी एयरपोर्टमा जनशक्ति अपुग भएकालेमा थप जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउँदा त्यहाँ भीड नदेखिने गरी यात्रुलाई सहजता दिने आवश्यक पहल गर्ने। राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *