रुपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको निस्कर्ष

नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रको आईतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेश गरेका हुन्।

ठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए। त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो। उहाँले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए।

उनले भने,‘अभियानले कसले कति काम गेर्यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रो सँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ। वक्ताहरुले के भनेका छन् भने अब चाहीँ कामको आधारमा मूल्यांकन गरेर जो सक्रिय छ, सक्रियताको आधारमा, कामको आधारमा मूल्यांकन गरेर राम्रोसँग खट्नेलाई प्रोत्साहन गर्नुपर्यो। तिनीहरुलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्यो। नखट्नेहरुलाई दण्डित पनि गर्नुपर्यो भन्नेखालको आज रिपोर्टमा आएको छ। समग्रमा भन्नुपर्दा ७५ प्रतिशत नेता, कार्यकर्ताहरु परिचालित भएका छन्। ति कार्यकर्ताहरुले जनतामा केही आशा जगाएका छन्। आम नेता र कार्यकर्ताले जनताको कुरा सुनेका छन्। समाजसेवा गरेका छन्। विकास निर्माणको काममा सहभागि पनि भएका छन्। जबसम्म मोर्चा र पार्टी चलायमान, गतिशिल, जीवन्त भएको छ। आजको रिपोर्टमा जोड दिएर सबै इन्चार्ज र अध्यक्षहरुले के भन्नुभएको थियो भने अभियानभन्दा पहिला हाम्रो पार्टीबाट अन्यत्र जाने क्रम बढेको थियो। अभियान शुरु भएपछि अन्य पार्टीबाट आउने क्रम बढेको छ। सबै प्रदेशहरुमा त्यो देखा परेको छ। सरकारले महत्वपूर्ण कामहरु सुशासन, समृद्धिको बारेमा राम्रा कामहरु गरेकोमा जनतासम्म नपुगेको स्थिति भएकोमा अहिले जनताकोमा पुगेको कुरा आएको थियो। समग्रमा भन्नुपर्दा आजको रिपोर्टमा अभियान सफल भएको छ। सार्थक भएको छ। हामीले जे लक्ष्य र उद्देश्य राखेर यो अभियान सञ्चालन गरेका थियौँ यो अभियान सफल भएको छ भन्ने निष्कर्ष नै छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *